प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ६, दहखोला प्यूठानमा रहेको परिवर्तनशिल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड, मिति २०७३÷०८÷१६ गते सहकारी डिभिजन कार्यालय घोराही दाङमा दर्ता भई विधिवत रुपमा स्थापना भएको थियो । यस सहकारी संस्थाको प्रमाण पत्र दर्ता नं. १२०९÷०७३÷०७४ र पान लेखा नं. ६०५४८९३८९ रहेको छ । हाल यस सहकारी संस्थाको शेयर सदस्य संख्या २३२ जना रहेका छन् । यी सदस्यहरुलाई सहकारी संस्थाले निरन्तर रुपमा सुरक्षित बचत शुनिश्चित भविष्य भन्ने संस्थाको मुलनारा अनुसार संस्थामा आबद्ध सदस्यहरुमा रहेको सानो सानो बचत रकम संकलन गरी संकलित बचत रकमलाई सदस्यहरुकै बीच ब्यावसायिक रुपमा ऋण लगानी गरी सदस्यहरुको जीवनस्तर वृद्धि गर्न निरन्तर कोशिष गर्दै आएको छ । यस सहकारी संस्थाबाट ऋण लिई सदस्यहरुले बिभिन्न ब्यवसाय संचालन गर्दै आइरहेकाछन् जस्तै बाख्रा पालन, भैँसी पालन, कुखुरा पालन, माछा पालन, तरकारी खेती, बङगुर पालन, च्याउ खेती, अदुवा खेती, मासुपसल, सहकारी सस्तो पसल, दुध डेरी आदी । यी उल्लेखित ब्यावसाय गरी कृषकहरुलाई आ आफ्नो जिविकोपार्जन गर्दै आएका छन् ।

परिकल्पनाः

सहकारीका माध्यमबाट सदस्यहरुलाई आर्यआर्जनमा निपूर्ण गराई आत्मनिर्भर बनाउने ।

ध्येयः

सामुहिक कार्यलाई बढवा दिने साथै विपन्नतम् सदस्यहरुको सशस्तीकरणमा सहयोगी बन्ने ।

मूल्यः

यस सहकारीले देहायका मुल्यहरुको जर्गेना गर्नेछ ।

  • इमानदारीता
  • लगनशीलता
  • पार्दशीता
  • निश्पक्षता
  • आपसी भरोसा र पेशाप्रति सदभाव ।


यस सहकारी संस्थाको उद्देश्यहरुः

  • समाजमा छरिएर रहेको पुँजीलाई उद्यमशिलता विकास कार्यमा ऋण लगानी गर्ने ।
  • आय आर्जन हुने, स्वरोजगारमुखि आबश्यक व्यावसायीक सीप विकास तालिम संचालन गर्ने ।
  • समाजको कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समुहको र्आिर्थक, सामाजिक, शैक्षिक उत्थानमा सहयोग पुरयाउने ।
  • सहकारीका सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक अबस्थामा सुधार ल्याउन आवश्यक कार्यक्रम संचालन गर्ने ।
  • सहकारीका सदस्यहरुको व्यक्तिगत एमं सामुहिक क्षमता अभिवृद्धि गरि स्वावलम्बी एवं आत्मनिर्भर बन्न योगदान पुरयाउने ।
  • सहकारीका सदस्यहरुको सुनिश्चित भविष्यको लागी नियमित बचत गर्ने बानी बसाल्ने ।
  • कृषि व्यावसायलाई आधुनिकरण, यन्त्रीकरणकासाथै बजारीकरणलाई संगसगै जोडेर लैजाने।
  • सहकारीको दिगोविकासका लागी विभिन्न संघ संस्थाहरुसंग समबन्य र सहकार्य गदै जाने ।
  • सहकारी बजार प्रर्वधन कार्यलाई बढवा दिने साथै सहकारी हाट बजार संचलाजनमा ल्याउने ।
  • कृषकहरुलाई सर्वसुलभ तरीकाले बिउ, मल, विषादी, कृषी यन्त्र, प्रविधिक र परार्मश उपलब्ध गराउने ।